एबीभीपी-द्वारा उत्तर बंगाल विश्वविद्यालयमा विरोध-प्रदर्शन

IMG_20220803_214629.jpg

सिलगढी: एबीभीपी-को तर्फबाट आज उत्तर बंगाल विश्वविद्यालयमा विरोध-प्रदर्शन गरे। जसले गर्दा एकपल्ट फेरि उत्तर बंगाल विश्वविद्यालयमा उत्तेजनाको माहौल देखा पन्यो। एसएससी घोटालाको आरोपी राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीको पीएचडी-को डिग्री रद्द गर्ने माग गर्दै एबीभीपी-का सदस्यहरूले उत्तर बंगाल विश्वविद्यालयको गेट नम्बर-२ अघिल्तिर धरना प्रदर्शन गरे। स्मरण रहोस, उक्त मागलाई लिएर भाजपा दार्जिलिङ जिल्लीको तर्फबाट पनि गत मंगलवार यहीं गेट सामु नै प्रदर्शन गरिएको थियो । अर्कोतिर, आज एबीभीपी का समर्थकहरूद्वारा गरिने विरोध प्रदर्शनलाई ध्यानमा राखेर विश्वविद्यालय प्रवेश गर्न नसकोस् भन्ने उद्देश्य लिएर प्रशासनले २ नम्बर गेट अघि बेरिकेड्स लगाइ दिएको थियो। तथापि प्रदर्शन गरिरहेका एबीभीपी-का सदस्यहरूले बेरिकेड्स भत्काएर विश्वविद्यालयमा जबर्जस्ती प्रवेश गर्ने कोशिश गरेपछि विश्वविद्यालय इलाकामा उत्तेजना देखा पंन्यो। यस अवधि पुलिस अनि एबीभीपी का कार्यकर्ताहरूमाझ झड़प शुरू भयो। यसपछि पुलिसले प्रदर्शनकारी एबीभीपी-का ९ जना समर्थकलाई हिरासतमा लिए। अर्कोतिर, तृणमूल छात्र परिषदले पनि गेटको अर्को तर्फबाट आफ्नो आक्रोश तथा असन्तुष्टी जाहेर गरेपछि तिनीहरूमाझ हातापाइ हुनको साथै नाराबाजीले गर्दा विश्वविद्यालय परिसरमा केही समय निक्कै हो-हल्ला मच्चियो।

About Author

Advertisement