एफआईएच प्रो लीगमा भारतको निराशाजनक हार

IMG-20230608-WA0169.jpg

८ जूनः शुरुमै गोल हासिल गरे पनि भारतले एफआईएच हकी प्रो लीगको म्याचमा आयोजक नीदरल्याण्ड विरुद्ध १-४-ले हारको सामना गर्नु पऱ्यो। आइण्डहोवनमा खेलिएको म्याचमा भारतले शुरुमै गोल हासिल गऱ्यो। कप्तान हरमनप्रीत सिंहले ११औं मिनटमा गोल गरे। एक गोल खाएपछि डच टीमले लगातार आक्रमण गर्दै रहल समयमा ४ गोल गरेर म्याच जित्यो। नीदरल्याण्डको तर्फबाट डुको टेलजेनकेम्पले ४१औं र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक पेपिजन रेयेंगाले १७औं र बेरिस बुर्कहार्टले ४०औं मिनटमा गोल गरे। भारतलाई म्याचमा पाँचवटा पेनल्टी कर्नर र एउटा पेनल्टी स्ट्रोक प्राप्त भयो तर टोलीले मौकाको फाइदा उठाउन सकेन। म्याचमा भारतीय गोलकीपर कृष्ण पाठकले असाधारण प्रदर्शन गरे। म्याचको अघिल्लो म्याच अर्जेण्टिना विरुद्ध रहेको छ।

About Author

Advertisement