एनडीएको घटक दल भएको भन्दै गोरामुमोले बीजेपीलाई सघाउने घोषणा

IMG-20260405-WA0079(1)

चुनाउभन्दा ठूलो हाम्रो भविष्य जातिको मुद्दा हो

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो पार्टीको ४६ औं स्थापना दिवस पालन गरेका छन्। पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रमलाई खरसाङ ब्राञ्च कमिटी सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। यस स्थापना दिवसमा विधायक निरज जिम्बा, केन्द्रीय समिति उपाध्यक्ष एनबी छेत्री, सेक्रेटरी जनरल ऋषि थापा, केन्द्रीय समिति सदस्यगण, ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। स्थापना दिवसको अवसरमा केन्द्रीय समिति सदस्य जेबी गुरुङ, उपाध्यक्ष एनबी छेत्री अनि प्रमुख वक्ताको रुपमा पार्टी अध्यक्ष मन घिसिङले सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा पार्टी अध्यक्ष मन घिसिङले भने, हामीले २३ अप्रेल र ४ मईलाई मात्र हेरेर कार्य गरेको होइनौं। त्यसपछि के हुने हो र भविष्य सम्मको लागि हेरेको छौं। चुनाउभन्दा ठूलो हाम्रो भविष्य हो, जातिको मुद्दा हो। पहाडमा अहिले मेला लागेको छ। आफ्नो जनसमर्थन देखाउनु लागि परेका छन्। कसलाई देखाउने र के को निम्ति देखाउने? जातिको मुद्दाको निम्ति कसैले पनि चिन्ता गरेको छैन। यसैकारण अब सबैले जातिको निम्ति चिन्ता लिनुपर्छ। चौकीको निम्ति परिवर्तन भनेर हुदैँन। हामी सत्ता परिवर्तन होइन तर ब्यवस्था परिवर्तन चहान्छौ र एउटा संवैधानिक ब्यवस्था गोर्खा जातिले पाउनु पर्छ। यसैक्रममा विधानसभा चुनावको निम्ति केन्द्रीय समितिको बैठक बस्यो।

बैठकपछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रीय समिति उपाध्यक्ष एनबी छेत्रीले भने, आजसम्म गोरामुमो एनडीएको घटक दल भएको कारणले गर्दा गोरामुमोले बिजेपीलाई सघाउने घोषणा गरे। यसैक्रममा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनद्वारा पार्टी अध्यक्ष मन घिसिङलाई गरेको पत्राचार विषयमा जानकारी गराउँदै एनबी छेत्रीले भनेका छन्।

About Author

Advertisement