कोलकाताः राज्यपालद्वारा नियुक्त नेताजी सुभाष चन्द्र विश्वविद्यालय (एनएसओयू) का अन्तरिम कुलपति चन्दन कुमार बोसले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलवार राज्यपाल सीवी आनन्द बोसलाई आफ्नो राजीनामा पठाए।
यस अघि विश्वविद्यालयका शिक्षकहरूको एक समूहले मंगलवार रजिस्ट्रार घेराउ गरेर त्यस निर्देशलाई रद्द गर्न माग गर्दै प्रदर्शन गरे, जसमा कुलपतिको अनुमति बिना मिडिया अथवा सोशियल मिडियामा विश्वविद्यालयको बारेमा बोलेको खण्डमा कारबाही गरिने कुरा उल्लेख छ। त्यस समय रजिस्ट्रारले उक्त अधिसूचना अन्तरिम कुलपतिको निर्देशमा जारी गरिएको र यस सम्बन्धमा उनको कुनै लिनु दिनु छैन भनेका थिए।
कुलसचिव कक्षमा विरोधको खबर पाएर अन्तरिम कुलपति स्वयं शिक्षकहरूको कक्षमा पुगे। तर, प्रदर्शनकारी शिक्षकहरूले उनीसॅंग कुरा गर्न मानेनन्। यस विषयलाई लिएर दिनभरि तनाउपछि अन्तरिम कुलपतिले आफ्नो राजीनामा राजभवनमा पठाए। उनीसॅंग बारम्बार प्रयास गर्दा पनि फोनमा सम्पर्क हुन सकेन।
नेताजी सुभाष मुक्त विश्वविद्यालयले तीन सालको डिग्री कोर्स शुरू गर्ने फसेला गरेको छ। यस सम्बन्धमा यूजीसीको स्वीकृति लिइने निर्णय लिइएको छ। चार वर्षीय पाठ्यक्रम आगामी शैक्षणिक वर्ष (२०२४-२५) मा शुरू गरिने छ। शिक्षक प्रतिनिधिहरूको एक वर्गले यसमाथि आपत्ति जनाए। उनीहरूले आफ्नो आक्रोश मिडिया समक्ष व्यक्त गरेका थिए।
-हिस










