पाक्योङ: पाक्योङ जिल्लाको मम्रिङस्थित एचपी खातिवारा हेरिटेज विद्यालयमा तीनदिने ‘उत्कर्ष योग’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रम २० देखि २२ अप्रिल २०२६ सम्म सञ्चालन गरियो।
कार्यक्रममा ८ देखि १३ वर्ष उमेर समूहका ४५ भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। द आर्ट अफ लिभिङका प्रशिक्षकहरूले सहभागी बालबालिकाहरूलाई योगका विभिन्न पक्षहरू- मानसिक जागरण, एकाग्रता अभिवृद्धि गर्ने अभ्यासहरू तथा रमाइला खेलहरूमार्फत प्रशिक्षण दिए, जसले सत्रलाई अन्तरक्रियात्मक र प्रभावकारी बनायो।
समापन समारोहमा विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सकारात्मक अनुभवहरू साझा गर्दै विद्यालय प्रशासन तथा प्रशिक्षकहरूप्रति हार्दिक आभार व्यक्त गरे।
यस कार्यक्रमले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको एक प्रेस विज्ञप्तिमा जनाइयो।










