एक नाबालकको केलाई नदीमा डुबेर मृत्यु

RAPE-MURDER-1.jpg

राजगञ्ज: एक १० वर्षको बालक करला नदीमा डुबेर मृत्यु भएको छ। यो घटना हिजो साँझ राजगञ्ज विधानसभा अन्तर्गत बारोपार्टिया ग्राम पञ्चायतको गागेलाघाट गाउँमा घटेको हो। मृतक नाबालक राजदीप रायको रूपमा चिन्हित गरिएको छ। घर नजिक रहेको करला नदीबाट उक्त नाबालकको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार गत साँझ राजदीप साथीहरूसित घर नजिकको नदीमा गएका थिए। यस अवधि तिनी नदीमा डुबेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ।

About Author

Advertisement