‘एक देश एक पुलिस युनिफर्म’ लागू गर्न प्रधानमन्त्रीले दिए सुझाव

PM-Modi-Dhyanchand-khel-University-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशका सबै राज्यहरूका पुलिसलाई समान पहिचान दिन ‘एक देश एक पुलिस युनिफर्म’ लागू गर्ने सल्लाह दिए। उनले जसरी ‘एक देश एक राशन कार्ड’ र एक देश एक ग्रिडको व्यवस्था छ, त्यसरी नै देशमा एक पुलिस एक युनिफर्म लागू गर्न विचार गरिनु पर्छ भनी बताए। यसले सारा देशका पुलिसमा एकरूपता आउने छ र उनीहरूको पहिचान सुनिश्चित हुनेछ।

यहाँ फरीदाबादमा राज्यहरूका गृहमन्त्रीहरूको दुई दिवसीय चिन्तन शिविरको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘एक देश एक पुलिस यूनिफर्मको विचारलाई थोप्न चाहॅंदैनौं, तर राज्यहरूले यस विषयमाथि विचार गरून् भन्ने इच्छा छ। समान वर्दी लागू गर्दा राज्यहरूले आफ्नो ट्याग, प्रतीक चिन्हलाई यूनिफर्ममा लगाउन सक्छन्l’ उनले भने, ‘देश तीव्र गतिमा अगाडि बढिरहेको छ र त्यति नै तीव्र गतिमा नयाँ चुनौतीहरू पनि अघि आइरहेका छन्। सबै राज्य र केन्द्र सरकार टीम इण्डियाको भावनाका साथ यी चुनौतीहरूसॅंग राष्ट्रिय परिप्रेक्ष्यलाई अगाडि राखेर सामना गर्नु पर्नेछ। यदि हामीले एकजुट भएर यसको सामना गऱ्यौं भने सबै चुनौतीहरू बन्ने छन्l’ उनले भने, ‘भय र आतङ्कमुक्त समाज बनाउन सबै राज्यका पुलिस र सम्बन्धित एजेन्सीहरूले समाज विरोधी शक्तिहरू विरूद्ध कठोर कारबाही गर्नु पर्नेछ। यस मामिलामा कुनै प्रकारको उदारता देखाउनु हुँदैनl’ प्रधानमन्त्रीले धेरैपल्ट केन्द्रिय एजेन्सीहरूले एकसाथ धेरै राज्यहरूमा एकसाथ जाँच गर्नु पर्नेछ हुन्छ, अन्य देशहरूमा पनि जानु पर्ने हुन्छ, यस कारण राज्यहरूले सबै जाँच एजेन्सीहरूलाई पूर्ण समर्थन गर्नु आवश्यक रहेको बताए।

About Author

Advertisement