सिलगढ़ी: बागडोगरा हवाईअड्डामा एके-४७ को ५ कारतूस सहित एक भुटानी नागरिकलाई पक्राउ गरिएको छ। आरोपीको नाम टाशी शेरिंग हो। बागडोगरा थानाको पुलिसले आरोपीलाई शुक्रवार सिलगढ़ी अदालतमा पेश गरी पुलिस हिरासतको माग गर्नेछ। एयरपोर्ट सूत्र अनुसार संदिग्धलाई चेन्नईदेखि कुवैत जानुथ्यो। बिहीवार चेन्नई जाने क्रममा हवाईअड्डामा भएको जाँच अवधि टाशी शेरिंगको ब्यागबाट एके-४७ को ५ कारतूस भेटियो।

आरोपी कुवैतको हवाईअड्डामा सुरक्षा गार्डको रूपमा कर्यरत् छन् भने उनी भुटानका पूर्व सैनिक पनि रहेको बताइएको छ।









