एकल प्लास्टिक प्रयोगमाथि प्रतिवन्धलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20220616-WA0136.jpg

गान्तोक। राज्यमा हालसम्म प्रयोग भइरहेको सिङ्गल प्लास्टिक प्रयोगमाथि सरकारले प्रतिवन्ध लगाउने घोषणा गरेको छ। सरकारको घोषणालाई कार्यन्वनय गर्नको निम्ति आज राजधानीस्थित ठाकुरबाडी मन्दिर परिसरमा एकल प्लास्टिक प्रतिवन्धलाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। राज्यको शहरी विकास एवंम आवास विभाग, गान्तोक नगरपालिका र स्टेट पोल्युषण कण्ट्रोल बोर्डको संयुक्त पहलमा आयोजित सचेतना कार्यक्रममा व्यापारीवर्ग, चालकवर्ग, होटलर्स एसोसिएशन लगायत विभिन्न संघ- संस्थाका प्रतिनिहरूवर्गले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपीबी स्टेट मेम्बर सेक्रेटेरी एसपीसीबी डा. गोपाल प्रधानले स्वच्छ वातावरण निर्माण गर्न सकेमा मानव जातिको स्वास्थ्य पनि राम्रो हुने बताए। वर्तमान समाजले भावी पिढीँको निम्ति केही गर्न नसकेता पनि वातावरण स्वच्छ बनाउन सके उनीहरूको निम्ति त्यो नै सबै भन्दा अमूल्य धन सम्पति हुन सक्ने उनले सम्भावना व्यक्त गरे। हामी समाजमा बसेपछि आफ्नो जिम्मेवारी साथै उत्तरदायित्व निर्वाह गर्ने क्रममा भने पछि हटने गरेको बताए। तर हामीले कहिल्यै पनि आफ्नो कर्तव्य भूल्न नहुने सुझाउ दिए। उनले थप जानकारी गराए अनुसार केन्द्र सरकारले केही दिन अघि एक नोटिफिकेसन पठाएको र उक्त नोटिफिकेसन अनुसार देशको सबै राज्यहरूमा सिङगल युज प्लास्टिक आगामी १ जुलाईदेखि प्रतिवन्ध लगाउने भएको छ। यसै क्रममा एसएसपीसीबीका अध्यक्ष थोमस चण्डीले आफ्नो सम्बोधनमा सिक्किम राज्यले केन्द्र सरकारको सबै योजनाहरू इमान्दारपूर्वक कार्यान्वयन गर्दै आइरहेको बताए। प्लास्टिकको प्रयोगमाथि प्रतिवन्ध लगाउने सिक्किम पहिलो राज्य बनेको थियो। अब केन्द्र सरकारले विस्तारै प्लास्टिकद्वारा निर्मित बस्तुमाथि प्रतिवन्ध लगाउने योजना रहेको उनको भनाइ रहेको छ।प्लास्टिकबाट विभिन्न प्रकारको रोग उत्पन्न हुने गरेको दावी गर्दै विशेष गरेर क्यान्सर रोग प्लास्टिकको प्रयोगबाट हुने गरेको जानकारी गराए।

About Author

Advertisement