एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा पुग्यो बीएसके सिलगढ़ी

IMG-20241018-WA0232

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा बीएसके सिलगढ़ीले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा शुक्रवार भएको म्याचमा बीएसके सिलगढ़ीले फ्रेण्ड्स युनाइटेड, दार्जीलिङविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट करण राई, बिशाल र विदेशी मूलका खेलाड़ी जूनियरले १-१ गोल गरे। एउटा गोल आत्मघाती रह्यो। जूनियर-लाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ३० र ३१ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।

About Author

Advertisement