आर्थिक सहयोगका लागि समाजसँग अपिल
सोनादा: रङ्गमुक सिडर्स चियाबारी अन्तर्गत रङ्गमुक चियाबारी लोवर बीच गाउँ, हुलाक सोनादा दार्जिलिङको एक विपन्न परिवारमा एकैसाथ दुईजना सदस्य गम्भीर रोगबाट पीडित भएपछि परिवार अहिले अत्यन्तै कठिन अवस्थामा पुगेको छ। परिवारकी कान्छी सदस्य दिलकुमारी राई जन्मदेखि नै अबोला छन् र हालै मात्र उनलाई लिभर क्यान्सर भएको पुष्टि भएको छ। अर्की माईली सदस्य दिपा राई भने विगत दुई वर्षदेखि ब्रेन स्ट्रोकका कारण ओछ्यानमै थलिएकी छन्।
परिवारमा हाल केवल तीनजना सदस्य मात्र रहेका छन्। कान्छा भाइ सुवास राई चिया बगानमा कार्यरत भए पनि सम्बन्धित चिया बगान विगत 3-4 वर्षदेखि बन्द रहेको कारण नियमित आम्दानीको स्रोत छैन। यस्तो अवस्थामा परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी बहन गर्न उनलाई हम्मेहम्मे परेको बताइएको छ। दुई दिदीहरू एकपछि अर्को गम्भीर रोगको चपेटामा परेपछि उपचार खर्च जुटाउन परिवार पूर्ण रूपमा लाचार अवस्थामा पुगेको छ। औषधि, उपचार, अस्पताल आवतजावत तथा दैनिक जीवनयापनसमेत धान्न कठिन भइरहेको परिवारले जनाएको छ। यसैबीच, पीडित परिवारले सम्पूर्ण समाज, संघ–संस्था, सामाजिक अभियन्ता तथा सहयोगी मन भएका व्यक्तिहरूसमक्ष आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। सानो सहयोगले पनि दुई बिरामीको उपचारमा ठूलो राहत पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ। सहयोग गर्न इच्छुक महानुभावहरूले परिवारसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको छ।
CENTRAL BANK OF INDIA
NAME & ADDRESS ACCOUNT HOLDER
SUBASH RAI
A/C NUMBER-3340931735
IFSC-CBIN0280978
MOBILE NUMBER-
+917812092669










