उपराष्ट्रपति पदका निम्ति विपक्षी उम्मेदवार कङ्ग्रेस नेतृ मार्गरेट अल्वा

IMG-20220717-WA0188.jpg

नयाँ दिल्ली: भारतको उपराष्ट्रपति पदका लागि विपक्षी उम्मेदवारका रूपमा कङ्ग्रेस नेतृ मार्गरेट अल्वाको नाम आइतबार घोषणा गरिएको छ। एनसीपीका अध्यक्ष शरद पवारले उनको नाम घोषणा गरेका छन्। यसअघि एनसीपी अध्यक्ष शरद पवारको दिल्लीस्थित निवासमा विपक्षी दलको बैठक बसेको थियो। बैठकमा कङ्ग्रेस नेता मल्लिकार्जुन खर्गे, सीपीआई (एम) नेता सीताराम यचुरी, शिवसेना नेता सञ्जय राउत र अन्य उपस्थित थिए। भेटमा उपराष्ट्रपतिको निर्वाचन र संसदको आगामी अधिवेशनका विषयमा छलफल भएको थियो। बैठकमा एनसीपीका अध्यक्ष शरद पवारले उपराष्ट्रपति पदका लागि विपक्षी उम्मेदवारका रूपमा मार्गरेट अल्वाको नाम घोषणा गरे। उनले सर्वसम्मत निर्णयमा १७ दल संलग्न रहेको बताए।

About Author

Advertisement