उपभोक्ताहरूलाई जागरूक गराउन हाजिरी जवाफ प्रतियोगिता

IMG-20240821-WA0262

गान्तोक: जागो ग्राहक जागो थिम लिएर राज्यका उपभोक्ताहरूलाई जागरूक गराउने उद्देश्यले खाद्य एवम नागरिक आपूर्ति विभागले आजदेखि हाजिरी जवाफ प्रतियोगिता शुरू गरेको छ। विभागको प्रेक्षागृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विभागका सचिव अनिल राज राईले उक्त जानकारी गराएका हुन्। उनले जानकारी गराए अनुसार राज्यका ११२ वटा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर यस प्रतियोगिता शुरू गरिएको छ। राज्यको सबै जिल्लामा यो प्रतियोगिताको आयोजना हुने भएको छ भने विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरूलाई सचेत गराउने लक्ष्य राखेर योपाली व्लकस्तरबाट नै प्रतियोगिता शुरू गरिएको हो। आज सोरेङ र उत्तर जिल्लाको फुदुङबाट यो प्रतियोगिता शुरू भएको अवगत गराए। सचिव राईको भनाइ अनुसार व्लकस्तरीय प्रतियोगितामा विजेताहरूले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् भने जिल्लास्तरमा विजयी भएका प्रतियोगीहरूले राज्यस्तरीय प्रतियोगितामा सहभागी बन्ने अवसर पाउनेछन्। यस प्रतियोगिताको फाइनल आगामी ३० सेप्टेम्बरको दिन गान्तोकमा समापन हुने राईले जानकारी गराए। प्रतियोगिता विशेष गरेर उपभोक्ताको अधिकारमाथि रहनेछ भने यसलाई उक्त विषयमा मानिसहरूले रिल बनाएर पनि विभागको फेसबुक पेजमा ट्याग गर्न सक्नेछन्। यस प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो २५ हजार, तेस्रोलाई २० हजार र आठजनालाई शान्तवना पुरस्कारको रूपमा पाँच हजार गरेर प्रदान गरिने सचिव राईले पत्रकारहरूलाई जानकारी गराएका छन्।

About Author

Advertisement