उत्तर सिक्किमबाट दिउॅंसो १२ बजीसम्म ५५ जनालाई मंगन ल्याइयो

n5458824901696932159872644505c2a4635f2cb31124234810c5b3881abb6597e5568eca44af399ef67a38.jpg

मंगन: उत्तर सिक्किममा फसेका मानिसहरूलाई निकाल्न मंगलवार बिहानदेखि शुरू गरिएको हेलिकप्टर निकासी अन्तर्गत दिउॅंसो १२ बजीसम्म ५५ जनालाई मंगनको रिङहिम हेलिप्याडमा सुरक्षित ल्याइएको छ।

सेनाको हेलिकप्टरले पहिलो चरणमा १८ जना, दोस्रो चरणमा २० जना र तेस्रो चरणमा १४ जनालाई उतारेको छ। यसैगरी, टिस्टा उर्जाले भाडामा ल्याएको एउटा हेलिकप्टरले तीनजनालाई उतारेको छ।

मंगनको रिङहिम हेलिप्याडमा पर्यटन विभाग, भूराजस्व विभाग, जिल्ला बाल सुरक्षा एकाई, मंगन नगर पञ्चायत, खेल एवं युवा मामिला विभाग, स्वास्थ्य विभाग, पशुपालन विभाग, वन विभाग, पुलिस विभाग, ग्रामीण विकास विभाग र टासका प्रतिनिधिहरू मानिसहरूको सेवामा तैनात रहेको बताइएको छ।

About Author

Advertisement