उत्तर बङ्गाल विश्वविद्यालयको वनस्पति विज्ञान विभागका प्रमुखमाथि छात्रामाथि यौन दुर्व्यवहारको आरोप

IMG-20231011-WA0161.jpg

सिलगढ़ी। उत्तर बंगाल विश्वविद्यालयको वनस्पति विज्ञान विभागका अध्यक्ष ज्ञान विकास भण्डारीमाथि एउटी छात्रालाई यौन उत्पीड़न गरेकोआरोप लागेको छ। पीड़ित विद्यार्थी वनस्पति विज्ञान विभागका जुनियर रिसर्च स्कलर हुन्। उक्त घटनाको विरोधमा विद्यार्थी र शोधार्थीहरुले बुधबार कक्षा बहिष्कार गर्दै वनस्पति विभाग अगाड़ी प्रदर्शन गरेका थिए।आरोपित विभाग प्रमुखले विद्यार्थीलाई पटकपटक यौन दुर्व्यावहार गरेको र कसैलाई यसबारे बताएमा उनको भविष्य बर्बाद गर्ने धम्की दिएको आरोप उठेको छ। अन्ततः उत्पीड़न सहन नसकेर पीड़ित विद्यार्थीले सोमबार राति विश्वविद्यालय प्रशासन, यूजीसी र शिक्षामन्त्रीमा लिखित गुनासो गरेकी थिइन्।

अभियुक्त शिक्षक विगतमा पनि यस्ता गतिविधिमा संलग्न रहेको अन्य शोधार्थीहरुले बताएका छन्। उजुरीकर्ताले उचित प्रमाण सहित लिखित उजुरी दिएको बताईएको छ भने विश्वविद्यालयका विद्यार्थीहरुले दोषीलाई कड़ा कारबाही गर्न माग गरेका छन्। अर्कोतर्फ अभियुक्त शिक्षक विश्वविद्यालयमा नभएकाले यस सम्बन्धमा कुनै प्रतिक्रिया आउन सकेको छैन।

About Author

Advertisement