उत्तर बङ्गालमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरिने: मन्त्री इन्द्रनिल खान

6bd9de34-60ca-4e51-9dab-0d4c66c9119c

सिलगढी: खेलकुद तथा युवा सेवा मन्त्री इन्द्रनिल खानले उत्तर बङ्गालमा एक अन्तर्राष्ट्रिय स्तरको खेलकुद रङ्गशाला (स्टेडियम) निर्माण गरिने घोषणा गरेका छन्। सिलगढीस्थित कञ्चनजङ्गा रङ्गशालाको स्थलगत निरीक्षण गरेपछि शनिबार उनले यस्तो बताएका हुन्।
​सिलगढी आइपुगेका मन्त्री खानले कञ्चनजङ्गा रङ्गशाला पुगेर त्यहाँको खेल मैदान, दर्शक दिर्घा (ग्यालेरी) र अन्य पूर्वाधारहरूको विस्तृत निरीक्षण गरेका थिए।
​निरीक्षणपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खानले रङ्गशालाको वर्तमान अवस्था निकै दयनीय रहेको, मैदानमा झारपात पलाएको र पूर्वाधारहरू जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गरे। उनले विद्यमान सुविधाहरूलाई स्तरोन्नति गर्दै उत्तर बङ्गाल क्षेत्रकै गौरव बढाउने गरी अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला विकास गर्ने सरकारी योजना रहेको प्रष्ट पारे।

About Author

Advertisement