उत्तर बंगाल, सिक्किमसहित बिहारमा भूकम्पको धक्का महसुस

Earthquake-copy

सिलगढी: उत्तर बंगालमा फेरि एकपटक धरती हल्लियो। सिक्किममा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। यसको प्रभाव उत्तर बंगाल र बिहारमा पनि पर्यो। सिलगढी, जलपाईगुडी, खरसाङ, दार्जीलिङमा पनि भूकम्पको धक्का महसुस गरियो।  मौसम विभागबाट प्राप्त जानकारी अनुसार यसको तीव्रता रिक्टर स्केलमा ४.४ मापन गरिएको छ। बिहान ६ बजेर ५७ मिनटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। तर यहाँ कुनै पनि क्षतिको खबर छैन। केन्द्रीय भूकम्प मापन विभागका अनुसार भूकम्पको स्रोत भारतको सिक्किम राज्यको तादोङबाट २९ किलोमिटर टाढा थियो।

शुक्रबार बिहान गएको यस भूकम्पको प्रभाव भारत र छेउछाउका देशमा पनि पर्यो। यो भूकम्प बंगलादेश, भुटान, नेपाल, चीनमा पनि जनताले महसुस गरेका छन्। तर, अहिलेसम्म प्राप्त जानकारी अनुसार कुनै प्रकारको क्षति भने भएको छैन। जनता सुरक्षित छन्। बिहानै अचानक भूकम्पको धक्का महसुस भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरु तुरुन्तै घरबाट निस्किए। यद्यपि, यो धेरै थोरै सेकेन्डको लागि महसुस भयो। अन्य क्षेत्रमा पनि यसबारे फोन गरेर जानकारी लिइरहेको देखियो।

About Author

Advertisement