उत्तर बंगाल मेडिकल कलेज र अस्पतालको सुपर स्पेशलिटी ब्लक अगस्टसम्म सञ्चालन हुने

a1f71320-a730-4135-920c-bc5d5b97991a

सिलगढी: राज्य स्वास्थ्य शिक्षा अधिकारीले सङ्केत दिएका छन् कि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको सुपर स्पेशलिटी ब्लक अगस्तमा सञ्चालन गरिनेछ। स्वास्थ्य शिक्षा राज्य निर्देशक देवाशिष भट्टाचार्यले बिहीबार उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालको सुपर स्पेशलिटी ब्लकको भ्रमण गरे। भ्रमणपछि उनले सुपर स्पेशलिटी अस्पतालको काम र प्रगतिका सम्बन्धमा प्रत्येक विभागका विभागीय प्रमुख र अस्पतालका पदाधिकारीसँग बैठक गरेका थिए। बैठकमा उत्तर बङ्गाल मेडिकल कलेज एण्ड हस्पिटलका सुपरिटेन्डेन्ट सञ्जय मल्लिक, प्रिन्सिपल इन्द्रजित साह, डीन सन्दीप सेनगुप्ता, प्रत्येक विभागका प्रमुख तथा निर्माण विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement