देहरादूनः उत्तराखण्डमा निरन्तर पानी परिरहेकोले जनजीवन अस्त व्यस्त भएको छ। यहाँका पार्वतीय क्षेत्रहरूमा पहाड़हरू धस्किने र पैह्रोका घटनाहरूले मानिसहरूमाथि ठूलो आपत आइपरेको छ। राज्यले आगामी केही दिनसम्म वर्षाबाट राहत पाउने सम्भावना छैन। मौसम खराब भएको कारणले मुख्यमन्त्री हेली गौरीकुण्डको लागि उड़्न सकेनन्। अहिले पनि राज्यमा ०३ बोर्डर मार्ग सहित लगभग २१४ सड़कहरू बाधित छन् जसलाई खोलाउने कार्य युद्धस्तरमा भइरहेको छ। राज्यमा आगामी ९ अगस्तसम्मै मेघगर्जन, बज्रपातसितै भारी वर्षाको चेताउनीसितै अरेञ्ज र यल्लो अलर्ट जारी गरिएको छ।
रूद्रप्रयागको मौसम खराब भएकोले मुख्यमन्त्री पुष्कर सिंह धामीको आज अपरान्ह गौरीकुण्ड जाने कार्यक्रम स्थगित भएको छ। मुख्यमन्त्रीको गौरीकुण्डमा पुगेर पैह्रोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम थियो। गौरीकुण्डमा पैह्रोको चपेटमा परी अहिलेसम्ममा तीनजनाको मृत्यु भइसकेको छ भने १७ जना अहिले पनि बपेत्ता छन्। तीनवटा पसल पूर्णरूपले क्षतिग्रस्त भएका छन्। बेपत्ता मानिसहरूको पत्तो लगाउन एसडीआरएफ, एनडीआरएफ सहित अन्य बचाउ दलहरूले बचाउ कार्य गरिरहेका छन्। गौरीकुण्ड-केदारनाथ मार्ग यातायातको लागि सुचारू भएको छ।
लगातार भइरहेको वर्षाको कारणले राज्यका पार्वतीय क्षेत्रहरूमा सड़कहरू अवरूद्ध हुने क्रम पनि यथावत छ। अहिलेघरि पिथौरागढ़ जिल्लामा ३ बोर्डर मार्ग, ११ राज्य मार्ग सहित २१४ अन्य सड़कहरू बाधित छन्। रूद्रप्रयाग जिल्लामा ०३ राज्य मार्ग सहित कुल २७ सड़कहरू अवरूद्ध छन्। देहरादून जिल्लामा हरिपुर इच्छाडी क्वानु मिनस मोटर मार्ग किमी. ३१ इच्छाड़ी गाउँ र किमी ३३ पाथुवा गाउँ किमी ६७,६८ पाटन गाउँ नजिक अवरूद्ध भएको छ।
लोकनिर्माण विभाग मुताविक दुई दिनभित्रमा ३१० भन्दा अधिक सड़कहरू बन्द भएका छन् जसमध्ये २३७ सड़कहरूलाई खोलिएको छ। बन्द मार्गहरूलाई खोलाउनको लागि विभागले २१७ जेसीबी मसिनहरूलाई काममा लगाएको छ। आज ७३ वटा सड़कहरूलाई खोलिएको छ।
-हिस










