नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई ‘उत्कृष्ट मुख्यमन्त्री पुरस्कार’ बाट सम्मानित गरियो। नयाँ दिल्लीस्थित एक होटलमा आयोजित एसियाली नेतृत्व शिखर सम्मेलन तथा स्वास्थ्य सेवा उत्कृष्टता सम्मान २०२६ को सातौँ संस्करणमा उक्त सम्मान प्रदान गरियो।
मुख्यमन्त्रीको तर्फबाट उक्त पुरस्कार सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ थेन्डुप भोटियाले ग्रहण गरे। मुख्यमन्त्रीको नेतृत्व, सुशासन स्थापना तथा राज्यमा जनसेवामा पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरियो।
उक्त सम्मेलनमा नीति निर्माणकर्ता, वरिष्ठ अधिकारीहरू, सुरक्षा निकायका सदस्यहरू, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रह्यो। शासन, स्वास्थ्य सेवा, नेतृत्व तथा जनसेवामा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मानित गरियो।

यो सम्मानले राज्य सरकारले सुशासन सुदृढीकरण तथा सेवा प्रणाली सुधारतर्फ गरिरहेको निरन्तर प्रयासको प्रतिबिम्ब भएको मानियो।









