उजुरी गरेको केही घण्टामै चोरीको मोबाइल बरामद

Untitled-13-1024x576.jpg

सिलगढी: उजुरी परेको केही घण्टामै माटिगडा पुलिस थानाले चोरीको मोबाइल बरामद गरी मोबाइलको धनीलाई बुझाएको थियो। केही दिनअघि माटिगडा क्षेत्रकी अनिता नामकी महिलाको जंक्शन क्षेत्रमा टोटोबाट फोन र झोला चोरी भएको बताइएको छ। त्यसपछि शनिबार महिलाले माटिगडा पुलिस थानामा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा अनुसन्धानमा जुटेको माटिगडा पुलिस थानाका कालो पोशाकमा रहेको पुलिसले माटिगडा बजार क्षेत्रबाट चोरीको मोबाइल बरामद गरेको हो। यसपछि आज पुलिसले महिलालाई थानामा बोलाएर उनको फोन फिर्ता गरेको थियो। यसैबीच मोबाइल फोन फिर्ता पाएपछि महिला निकै खुसी छिन्। उनले पुलिालाई धन्यवाद दिएको छ।

About Author

Advertisement