कोलकाताः कलकत्ता उच्च न्यायालयको आदेशमा स्कूल सेवा आयोग (एसएससी) ले उच्च प्राथमिक नौकरी अभ्यर्थीहरूको काउन्सलिङ शुरू गरेको छ। सोमवार बिहान १० बजीदेखि सल्टलेक स्थित एसएससीको नयाँ बिल्डिङमा काउन्सलिङ शुरू गरिएको छ।
उल्लेख्य, नौकरी पाउने उम्मेदवारहरूको कूल संख्या १३००० भन्दा धेरै छ। काउन्सलिङ ०२ दिसम्बरसम्म चल्नेछ तर अब सिफारिश पत्र जारी गरिनेछैन। तर पारदर्शिता बनाइ राख्नका लागि कुन अभ्यर्तीले कुन स्कूल रोजेको छ, यसको उल्लेख गरिनेछ। यस बाहेक नौकरी अभ्यर्थीहरूलाई सहमति पत्र पनि प्रदान गरिनेछ। काउन्सलिङअघि उम्मेदवारहरूको दस्तावेजहरूको जाँच गरिनेछ।
एसएससीले त्यहाँ डिग्रीदेखि लिएर ट्रेनिङ एवं जाति प्रमाणपत्रसम्मको जाँच गर्नेछ। यस बाहेक मेधा तालिका अनुसार अभ्यर्थीहरूलाई काउन्सलिङको निम्ति बोलाइँदैछ। बिल्डिङभित्र धेरै स्क्रीनहरू लगाइएको छ। कुन अभ्यर्थीले कुन स्कूल रोजेको छ, यो त्यस स्क्रीनमा देखाइँदैछ।
-हिस










