ई–रिक्सामा सरकारी सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

IMG-20240924-WA0296

 सिलगढी: पुलिसले ई-रिक्सामा विभिन्न सरकारी सामानहरू चोर्दै गर्दा एक जनालाई पक्राउ गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिस न्यू जलपाईगढी थानाको पुलिसले आरोपीलाई हिजो पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको आरोपीको नाम मोहम्मद अजहरुद्दिन बताइएको छ। उनी फुलबारी अमाई दिघी क्षेत्रका बासिन्दा हुन्। न्यू जलपाईगढी थानाको पुलिस सूत्रका अनुसार आरोपीलाई पुलिसले टी पार्क नजिकैको इलाकाबाट पक्राउ गरेको छ। मोहम्मद अजर उद्दिनले आफ्नो ई–रिक्सामा विभिन्न सरकारी सामान चोर्दै आएको  बताइएको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पठाइयो।

About Author

Advertisement