ईसाई मण्डलीहरूका प्रतिनिधिहरूसँग उम्मेदवार भीमहाङ लिम्बू अनि जेकब खालिङले गरे भेट

IMG-20240417-WA0294.jpg

गेजिङ: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रवक्ता जेकब खालिङ अनि याङथाङ निर्वाचन क्षेत्रका एसकेएम उम्मेदवार भीमहाङ लिम्बूले आज याङथाङ समष्टिमा रहेका विभिन्न ईसाई मण्डलीहरूको अगुवाजन अनि प्रतिनिधिहरूसँग भेट गरे। भेट अवधि सबै मण्डलीका अगुवाहरूले आ-आफ्नो कुराहरू प्रार्थी अनि प्रवक्तासँग राखे भने आगामी १९ अप्रेलको चुनाउमा सबै ईसाई समुदाय एसकेएम प्रार्थीसँग खड़ा रहेको विश्वास दिलाउँदै निवर्तमान विधायक भीमहाङ लिम्बूको निम्ति निरन्तर प्रार्थना गरिरहेको जानकारी गराए।

उपस्थित भेलालाई सम्बोधन गर्दै एसकेएम प्रवक्ता जेकब खालिङले पाँच वर्षको कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले राज्यको ईसाई समुदाय अनि मण्डलीहरूको निम्ति धेरै कार्य गरेको जानकारी गराए। मुख्यमन्त्री स्वयंले विभिन्न मण्डलीको चर्च भवनको पञ्जीकरणको फाइल अघि बढाएको बताए। योसँगै अन्य धर्मलाई सरह ईसाई धर्मावलम्बीहरूलाई पनि समान हक, अधिकार अनि अवसरहरू प्रदान गरेको अनुभव साझा गरे। योसँगै केही छानबीनपछि पाष्टरहरूको लाइसेन्स निर्माण भएपछि त्यसाई फेरि नवीकरण गर्नुनपर्ने प्रक्रियालाई पनि अब शुरु गरिने उनले अवगत गराए। योसँगै प्रत्येक वर्ष ईसाई जगतको अभिषिक्त व्यक्तित्वलाई राज्य अतिथिको रुपमा सिक्किम निम्त्याएर विभिन्न जिल्लामा प्रार्थना सभाको आयोजना गर्ने पनि मुख्यमन्त्री तामाङले अघिबाटै घोषणा गरिसकेको जानकारी गराए। योसँगै सिक्किमका सबै ईसाई समुदायको निम्ति गान्तोक जिल्लाको नाण्डोकमा ठूलो प्रेयर टावरको निर्माण गर्नको निम्ति सरकारले ३०० करोड़भन्दा अधिकमा जमीन किनिसकेको पनि जानकारी गराए। यसको निर्माणसँगै यो ठाउँ देशकै सम्पूर्ण ईसाईहरूको निम्ति एउटा प्रार्थनाको निम्ति केन्द्र बन्ने जानकारी गराए। यति मात्र होइन धर्म विभागबाट ईसाई मण्डलीहरूलाई समान रुपमा अनुदान अनि अन्य सुविधाहरू प्रदान गरिएको पनि उनले जानकारी गराए। सरकारले विभिन्न समष्टिमा सम्मान सहित अन्तिम विदाईको निम्ति कबरस्थानको जमीन उपलब्ध गराएको जानकारी गराए। अबको कार्यकालमा पनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले ईशाईहरूको अधिकार, न्याय र संरक्षण अन्य धर्मलाई सरह गर्ने प्रतिबद्धता मुख्यमन्त्री तामाङको रहेको उनले जानकारी गराए।

About Author

Advertisement