ईंग्ल्याण्डको टीममा रेहान अहमदको एण्ट्री

IMG-20250225-WA0203

दुबई: आईसीसी च्याम्पियन्स ट्रफीको निम्ति आयोजन तक्निकी समितिले ब्रायडन कार्सको प्रतिस्थापनको रूपमा रेहान अहमदलाई टीममा सामेल गर्ने ईंग्ल्याण्डलाई अनुमति दिएको छ। खुट्टीको औलीमा चोटले गर्दा कार्से टुर्नामेण्टबाट बाहिर भएका छन् अनि उनको स्थान लिनको निम्ति ईंग्ल्याण्डले ६ वटा वनडे म्याच खेल्ने रेहानको नाम प्रतिस्थापनको रूपमा नामित गरेको थियो। कुनै खेलाड़ीको प्रतिस्थापनको निम्ति खेलाड़ीलाई आधिकारिक रूपमा टीममा सामेल गर्न अघि आयोजन तक्निकी समितिको मञ्जुरीको आवश्यकता हुन्छ। आईसीसी च्याम्पियन्स ट्रफीको आयोजन तक्निकी समितिमा वसीम खान (आईसीसी महाप्रबन्ध, क्रिकेट), सारा एडगर (आईसीसी वरिष्ठ प्रबन्धक, इभेण्ट्स), उस्मान वाहला (पीसीबी निदेशक, अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन) र शन पोलक (स्वतन्त्र प्रतिनिधि) सामेल छन्। टुर्नामेण्टको शुरुवाती म्याचमा अष्ट्रेलियाविरुद्ध हारेपछि ईंग्ल्याण्ड अहिले ग्रुप बी-मा मुश्किल स्थितिमा रहेको छ।
च्याम्पियन्स ट्रफीको निम्ति ईंग्ल्याण्डको टीमः
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम बेण्टन, ह्यारी ब्रूक, बेन डकेट, जेमी ओवरटन, जेमी स्मिथ, लियाम लिविंगस्टोन, आदिल राशिद, जो रुट, साकिब महमूद, फिल सल्ट, मार्क वुड, रेहान अहमद

About Author

Advertisement