लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेड ड्र-मा रोकियो। शुक्रवार राति म्यानचेष्टर युनाइटेड र बोर्नमाउथबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। बोर्नमाउथको होम ग्राउण्ड वाइटालिटी स्टेडियममा खेलिएको म्याचको पहिलो हाफमा दुवै टीमले गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ ब्रूनो फर्नाण्डेजले युनाइटेडको निम्ति ६१औं मिनटमा पहिलो गोल गरे। त्यसपछि बोर्नमाउथले पनि रेयान क्रिस्टीको ६७औं मिनटको गोलको सहायताले म्याचमा १-१-को बराबरी हासिल गऱ्यो। त्यसपछि बोर्नमाउथका डिफेण्डर जेम्स हिलले ७१औं मिनटमा हेडरद्वारा आत्मघाती गोल गर्दा युनाइटेडले फेरि एकपल्ट बढ़त हासिल गऱ्यो। होम ग्राउण्डमा खेलिरहेको बोर्नमाउथले पनि लगातार आक्रमण गर्ने क्रममा म्यानचेष्टर युनाइटेडलाई ७८औं मिनटमा ठूलो झट्का लाग्यो। ह्यारी मागुइरीले ७८औं मिनटमा रेड कार्ड देख्दा टीम १० जना खेलाड़ीमा सीमित भयो अनि त्यही अवसरमा बोर्नमाउथलाई पेनल्टी पनि हासिल भयो। एली जूनियर क्रोपीले ८१औं मिनटमा गोल गरी होम टीमलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि प्रीमियर लीग पोइण्ट्स टेबलमा म्यानचेष्टर युनाइटेड ३१ वटा म्याचमा ५५ पोइण्ट्सको साथ तेस्रो अनि बोर्नमाउथ ४२ पोइण्ट्सको साथ दशौं स्थानमा रहन पुग्यो।









