इस्लामपुरमा दादुरा–रुबेलाको खोप सुरु

IMG_20230109_152504.jpg

उत्तर दिनाजपुर: राज्यभरसँगै इस्लामपुरमा पनि ९ महिनादेखि १५ वर्षसम्मलाई दादुरा–रुबेलाको रोकथामका लागि खोपको काम शुरु भएको छ। इस्लामपुर ब्लकको श्रीकृष्णपुर हाईस्कुलमा सोमबार दादुरा–रुबेला खोप कार्यक्रमको उद्घाटन गरिएको छ। उक्त खोप कार्यक्रममा इस्लामपुर डिभिजन शासक अब्दुल शहिद, इस्लामपुर नगरपालिकाका अध्यक्ष कनैलाल अग्रवाल र डेपुटी म्याजिस्ट्रेट अरिकुल इस्लाम तथा श्रीकृष्णपुर हाईस्कुलका निमित्त प्रधानाध्यापक अशोककुमार बाणिकको उपस्थिति रहेको थियो। इस्लामपुर डिभिजनल शासक अब्दुल शाहिदले भने कि सम्पूर्ण डिभिजनका करिब पाँच लाख बालबालिका र विद्यार्थीहरूलाई खोप लगाउने लक्ष्य राखिएको छ। यता इस्लामपुर नगरपालिकाका अध्यक्ष कनैयालाल अग्रवालले श्रीकृष्णपुर हाईस्कुलमा उक्त कार्यक्रमको उद्घाटन गरिएको बताए। यस खोपको कामलाई अगाडि बढाउन श्रीकृष्णपुर हाईस्कुलबाट चार टोली गठन गरिएको छ।

About Author

Advertisement