नयाँ दिल्ली: भारतमा ईभी गाड़ी चलाउनेहरूको संख्या लगातार बढ़िरहेको छ र मनसून सीजनमा सबैको मनमा के ईभी सुरक्षित छ भन्ने प्रश्न रहन्छ। त्यसै त आजका अधिकांश इलेक्ट्रिक कारहरूमा ब्याट्री प्याक र हाई-भोल्टेज सिस्टमलाई वाटर-रेसिस्टेण्ट र सुरक्षित बनाइएको हुन्छ। त्यसैले सामान्य वर्षामा ईभी चलाउँदा कुनै समस्या हुँदैन तर गहिरो पानी, खराब सड़क वा लापरवाहीले गर्दा गाड़ीको मेकानिकल र इलेक्ट्रिकल भागहरूमा नोक्सानी पुग्न सक्छ। यी समस्याहरूबाट बाँच्न ध्यानमा राख्न पर्ने कुराहरू यसप्रकार छः
१. पानीले भरिएको सड़कमा गाड़ी नहाल्नुहोस्ः
त्यसै त ईभीको ब्याट्री सुरक्षित हुन्छ तर गहिरो पानीमा जाँदा ह्वील बेयरिङ, ब्रेक, सस्पेन्सन र इलेक्ट्रिकल कनेक्टरहरू प्रभावित हुन सक्छन्। पानीको गहिराइको अनुमान छैन भने जोखिम लिनुभन्दा अर्को बाटो रोज्नुहोस् या पानी कम्ती हुने हुने प्रतीक्षा गर्नुहोस्।
२. चार्जिङ पोर्ट सँधै सफा राख्नुहोस्ः
वर्षामा ईभी चार्ज गर्नु सुरक्षित हुन्छ किनभने कार र चार्जर दुवैमा सुरक्षा प्रणालीहरू हुन्छन् तर चार्जिङ गर्नु अघि चार्जिङ पोर्टमा पानी, माटो या पातहरू जम्मा नभएको कुरा अवश्य जाँच गर्नुहोस्। चार्जिङ पोर्टलाई सुक्खा लुगाले सफा गर्नुहोस् र कुनै पनि क्षतिग्रस्त चार्जिङ केबल या अनाधिकृत एक्सटेन्सनको प्रयोग नगर्नुहोस्।
३. स्मुथ एक्सिलरेशन र ब्रेकिङ अप्नाउनुहोस्ः
इलेक्ट्रिक कारहरूमा तुरुन्तै टर्क प्राप्त हुन्छ। यसले गर्दा भिजेको सड़कमा टायर चिप्लिन सक्छ। त्यसैले बिस्तारै एक्सिलरेटर थिच्नुहोस्। अगाड़ि चलिरहेको गाड़ीसँग पर्याप्त दूरी कायम राख्नुहोस् र यदि तपाईंको ईभीमा रिजेनेरेटिभ ब्रेकिङ एडजस्ट गर्ने विकल्प छ भने मनसूनमा हल्का मोड चयन गर्नु राम्रो हुनेछ।
४. पानीले भरिएको सड़क पार गरेपछि अण्डरबडी अवश्य जाँच गर्नुहोस्ः
तपाईंले पानी भरिएको बाटोमा आफ्नो ईभी गाड़ी चलाउनु भएको छ भने त्यसपछि यसको अण्डरबडी अवश्यै जाँच गर्नुहोस्। कुनै प्लास्टिक कभर खकुलो त भएको छैन या कुनै स्क्र्याच या क्षति त छैन भन्ने हेर्नुहोस्। ड्यासबोर्डमा कुनै वार्निङ लाइट देखियो भने त्यसलाई खेलाँची नगर्नुहोस् अनि तुरुन्तै अधिकृत सर्भिस सेण्टरमा गाड़ीको जाँच गराउनुहोस्।
५. वर्षापछि गाड़ीको सफाइ अवश्यै गर्नुहोस्ः
वर्षाको पानीसँगै हिलो, तेल र फोहोर पनि कारको ह्वील आर्च, अण्डरबडी र चार्जिङ फ्ल्याप वरिपरि जमा हुनसक्छ। वर्षापछि गाड़ीलाई राम्रोसँग सफा गर्नुहोस्, विशेष गरी चार्जिङ क्षेत्र र अण्डरबडीलाई। त्यसले खिया लाग्ने र भविष्यमा प्राविधिक समस्या आउने सम्भावना कम्ती हुन्छ।









