इराकविरुद्ध एकतर्फी जीतको साथ नकआउट राउण्डमा पुग्यो फ्रान्स

IMG-20260623-WA0054

फिलाडेल्फिया: स्टार फरवर्ड कीलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको सहायताले वर्तमान उपविजेता फ्रान्सले वर्षाले बाधा पुऱ्याएको म्याचमा जीत हासिल गरी वर्ल्ड कप २०२६-को नकआउट चरणमा प्रवेश गऱ्यो। फिलाडेल्फिया स्टेडियममा सोमवार अबेर राति खेलिएको ग्रुप आई-को म्याचमा फ्रान्सले इराकलाई सजिलै ३–०-ले पराजित गऱ्यो। यो फ्रान्सको दोस्रो जीत हो। यसअघि पहिलो म्याचमा फ्रान्सले सेनेगललाई ३–१-ले पराजित गरेको थियो। म्याचमा विजेता टीमबाट एम्बाप्पेले २ गोल गरे। रियल म्याड्रिडका फरवर्डले म्याचको दुवै हाफमा १-१ गोल गरे। आफ्नो १००औं अन्तर्राष्ट्रिय म्याच खेलिरहेका एम्बाप्पेले पूरा म्याचमा इराकको रक्षापंक्तिको कठिन परीक्षा लिए। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सलाई कप्तान एम्बाप्पेले १४औं मिनटमा पहिलो गोल दिलाए। फ्रान्सले त्यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। पहिलो हाफको समाप्तिपछि भारी वर्षाले गर्दा २ घण्टा म्याच रोकयो। म्याच पुनः शुरु भएपछि एम्बाप्पेले ५४औं मिनटमा फ्रान्सलाई म्याचको दोस्रो गोल दिलाए। इराकका डिफेण्डर र गोलकीपरबीच तालमेलको कमीले गर्दा मौकाको फाइदा उठाउँदै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। अन्तमा औस्माने डेम्बेलेले ६६औं मिनटमा फ्रान्सको निम्ति म्याचको तेस्रो तथा अन्तिम गोल गरे। इराकले बीच-बीचमा आक्रमण गरे पनि कुनै फाइदा भएन। यस जीतको साथ फ्रान्स २ वटा म्याचमा ६ अंकको साथ गोल अन्तरको आधारमा ग्रुप आई-को शीर्ष स्थानमा पुग्यो।

About Author

Advertisement