इन्स्टाग्राममा भेटेर भर्चुअल बिवाह गर्न पुगेका बेहुला रित्तो हात फर्किए

IMG-20241210-WA0128

इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन्। भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए। तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन्। झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे। फोटो आदान प्रदान गरे। यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन्। इन्स्टाग्राममा जोडिएर महिनौँ कुराकानी गरे। युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन्। अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए र आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए। सबै कुरा मिलेपछि त्यसपछि दीपक १५० जना जन्ती लिएर सहरमा पुगे। साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही नआएपछि पीडित बेहुला दीपकले स्थानीयलाई त्यस पार्टी प्यालेसका बारेमा सोधे। तर, त्यहाँ ‘रोज गार्डेन प्यालेस’नामको कुनै पार्टी प्यालेस नै नभएको पाइयो। दीपकको घर पञ्जाब राज्यको जलन्धार मन्दी भन्ने गाउँमा छ। भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार युवतीले पन्जाबकै मोगा भन्ने सहरकी बताएकी थीइन्। यतिसम्म कि युवतीले बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन्। युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ। त्यस बाहेक उनको परिवार भनेकाहरू पनि नक्कली हुन भन्नेमा पनि उनको आशङ्का छ।

About Author

Advertisement