गोरुबथान: सन्त जोसेप विद्यालय, तोदेका कराते खेलाडीहरूले इन्डो–नेपाल कराते च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयलाई गौरवान्वित तुल्याएका छन्। कालेबुङमा शनिबार र आइतबार, सितम्बर १९–२०, २०२६ मा सम्पन्न प्रतियोगितामा विद्यालयका खेलाडीहरूले पहिलो सहभागितामै उल्लेखनीय सफलता हासिल गरेका छन्। यो उपलब्धिले विद्यालय, अभिभावक, शिक्षक–शिक्षिका तथा सम्पूर्ण विद्यालय परिवारमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ।
प्रतियोगितामा विद्यालयका खेलाडीहरूले चारवटा स्वर्ण पदक ,चारवटा रजत पदक र दुईवटा कांस्य पदक गरी कुल दसवटा पदक हासिल गरेका छन्।
स्वर्ण पदक विजेताहरु क्रमैले त्राभिस राई, लेकजाङ भूटिया,द्विजेन तामाङ, लेजाङ भूटिया रहेको छ।
रजत पदक विजेताहरु क्रमैसँग इभान सुब्बा, मृणाल सुब्बा,अभन्या राई, प्रन्जु राई हुन् ।कांस्य पदक विजेतामा समिरण राई र प्रियल राई हुन्।
उक्त टोली सिस्टर जेनेट तथा कोच आनन्द सुब्बाको अगुवाइमा रहेको थियो।सन्त जोसेफ विद्यालयका यी कराते योद्धाहरूको सफलताले विद्यालयको खेलकुद यात्रामा एउटा नयाँ अध्याय थपेको छ। आगामी दिनमा अझ ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र क्षेत्रको नाम अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।





