१० अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा बिहीवार स्थानीय मेला ग्राउण्डमा तेस्रो क्वार्टर फाइनल खेलियो। आजको म्याचमा दार्जीलिङ पुलिसले शुरुमै दुई गोल खाए पनि असाधारण पुनरागमन गर्दै ब्राइट स्पोर्टिङ्ग क्लबलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट वाङ्चुक तामाङले २०औं र ७४औं मिनटमा २ गोल गरे। यसबाहेक सिद्धान्त छेत्रीले २७औं, दिवस तामाङले ४८औं र प्रशान्त राईले ६८औं मिनटमा गोल गरे। यसरी ब्राइट स्पोर्टिङ्ग क्लबबाट अमित खवासले नवौं र ११औं मिनटमा गोल गरे।

यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










