इंग्ल्याण्ड सबैभन्दा ठूलो सुनको लिलामीमा

Gold-England

लण्डन: इंग्ल्याण्डमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ। इंग्ल्याण्डल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सुनको डल्ला लिलामीको लागि ल्याइएको छ।  तर यसको उत्पत्ति रहस्यमा नै रहेको इंग्ल्याण्डका  सञ्चारमाध्यमले बताएको छ। रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्ला भेटाएका थिए। पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो। उक्त सुनको मूल्य ३० हजार देखि ४० हजार इंग्ल्याण्डको पाउण्ड बिचमा तोकिएको छ। तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन।  यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य सुनको डल्ला बिक्री हुने आशामा रहेका छन्।

About Author

Advertisement