आसाम: केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको जन्मदिनमा आसामका मुख्यमन्त्री सरमाद्वारा शुभकामना व्यक्त

FB_IMG_1782466834269

गुवाहाटी: आसामका मुख्यमन्त्री हिमन्त विश्व सरमाले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको जन्मदिनका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री सरमाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भारतको शिक्षा क्षेत्रलाई आधुनिक र सुदृढ बनाउन मन्त्री प्रधानले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ।
मन्त्री प्रधानको नेतृत्वमा भारतको शैक्षिक प्रणालीमा आमूल परिवर्तन भइरहेको र देशलाई ज्ञानको एक प्रमुख केन्द्र (नलेज पावरहाउस) का रूपमा स्थापित गर्न उहाँले प्रशंसनीय प्रयास गरिरहनुभएको मुख्यमन्त्री सरमाले उल्लेख गर्नुभएको छ।
यसै उपलक्ष्यमा मुख्यमन्त्री शर्माले मन्त्री प्रधानको सुस्वास्थ्य, दीर्घायु र सफल कार्यकालको कामना गर्दै प्रसिद्ध शक्तिपीठ मा कामाख्या र महापुरुष श्रीमन्त शङ्करदेवसँग प्रार्थना समेत गर्नुभएको छ।

About Author

Advertisement