आवश्यक परेकालाई सहयोगको सौगात दिँदै सौगात क्याटरिङ

WhatsApp-Image-2025-01-22-at-17.04.27

सोनादा: सोनादको सौगात क्याटरिङले आफूले गरेको कमाइको एक भाग समाजका विपन्न वर्गलाई सौगातकै रुपमा प्रदान गरेर आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिँदै आइरहेको छl सन् २०१२ मा स्थापित भएको सौगात क्याटरिङका एमडी छिरिङ शेर्पाको टोलीमा उद्यमी साथै परिश्रमी र मानव मूल्यलाई बुझेका  १६ जना सदस्यहरू छन्l मुखमा पानी आउने विभिन्न किसिमका स्वादिला परिकारहरू बिहे, जन्मदिन र अन्य उत्सवहरूमा आफ्ना ग्राहकहरूलाई प्रस्तुत गरेर सौगात क्याटरिङले सबैको मन जितेको छl समाज सेवाको कर्तव्य बुझेका सौगात क्याटरिङका एमडी छिरिङ शेर्पाले क्याटरिङले कमाइ गरेको पैसाबाट सबै सदस्यहरूको पारश्रमिक छुट्याउँछन्, त्यस पछि बाँकी रहेका पैसा समाज सेवामा खर्चिन्छन्l सौगात क्याटरिङले गरिब परिवार, वृद्ध आश्रमलाई सहयोग गर्दै आइरहेको छ भने  बालबालिकालाई आफ्नो कमाइबाट शिक्षाको निम्ति सहयोग गर्दै आइरहेका छन्‌। छिरिङ शेर्पाको टोलीले सौगात क्याटरिङकै कमाइबाट गरिब परिवारका लागि घर बनाउने कार्य पनि निरन्तर रुपमा गरिरहेका छन्। बेकारी समस्या उन्मुलन, व्यापारसँगै मान्छेले गर्नुपर्ने कर्तव्य मानव मूल्य बुझाउने कार्य सौगात क्याटरिङ एउटा उदाहरण बनेको छ।

About Author

Advertisement