आरिथाङ निर्वाचन क्षेत्रबाट ९० प्रतिशत मतले जित हासिल गर्ने उप्रेतीको दावी

IMG-20240402-WA0264.jpg

गान्तोक: चुनाउ नजिन्दै जाँदा राजनीतिक दलहरूले आफ्नो राजनीतिक गतिविधिलाई सक्रियरूपमा अघि बढाउँदै लगिरहेको छ। विशेष गरेर सबै राजनीतिक दलहरूले चुनाउ प्रचार प्रसार आ-आफ्नो निर्वाचन क्षेत्रमा युद्धस्तरमा गर्नु शुरू गरेका छन्। यसै क्रममा आज आरिथाङ निर्वाचन क्षेत्रका उम्मेदवार अरूण उप्रेतीले पनि गत केही दिनदेखि चुनाउ प्रचार गरिरहेको छन्, भने आज उनले देउरालीमा धेरै पार्टीका कार्यकर्ताहरूसहित चुनाउ प्रचार गर्दै घर घरमा पुगेर जनतासमक्ष भोटको अपील गरे। पत्रकाहरूसँग कुराकानी गर्दै उप्रेतीले प्रचार प्रसारको क्रममा आफूले जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए। आरिथाङ निर्वाचन क्षेत्रबाट आफूले ९० प्रतिशत मत प्राप्त गरेर विजयी बन्ने आशा व्यक्त गरेका छन्। विपक्षी दलहरूले आरिथाङ निर्वाचन क्षेत्रबाट जित्छु भन्नु मुङ्गेरीलालको हसिन सपना सरह रहेको बताए। एसकेएम सरकारले पाँच वर्षमा गरेको कामलाई हेरेर पनि आरिथाङका जनतालई एसकेएम पार्टीका उम्मेदवारलाई भारीमतले विजयी गराउने उनले जानकारी गराए।

About Author

Advertisement