आयुष मेलाको आयोजना

IMG_20221115_191028.jpg

सिलगढी: राज्यमा पहिलो पटक दार्जिलिङ जिल्लामा आयुष मेलाको आयोजना गरिएको छ। बागडोगरा क्षेत्रको चित्तरञ्जन हाईस्कूलको मैदानमा मंगलबार आयुष मेला आयोजना गरिएको थियो। मेलामा योग र प्राकृतिक चिकित्साका विभिन्न विषयमा प्रकाश पारिएको थियो। साथै यस मेलामा आउने बिरामीहरुको आयुष मन्त्रालयको रेखदेखमा निशुल्क उपचार समेत गरिएको थियो। मेलामा दार्जिलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारी डा तुलसी प्रामानिकको उपस्थिति थियो। यस अवसरमा पश्चिम बंगाल सरकारका आयुर्वेद सहायक निर्देशक डा. देवाशिष घोष, योग विशेषज्ञ शिव हाजरा र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। आज मेलामा विद्यार्थीहरुलाई सम्मान गरिएको छ। सो अवसरमा उत्तर बङ्गाल आदर्श योग अकादमीका विद्यार्थीहरुले योग आसन गरेका थिए।

About Author

Advertisement