आध्यात्मिक सङ्गठन हेवेन्ली पाथको गेजिङ बजारमा कार्यक्रम

IMG-20221204-WA0429.jpg

गेजिङ: यहाँको सामुदायिक भवनमा आज आध्यात्मिक संस्था हेवेन्ली निर्भाना पथ लभिजम भजन समुह सिक्किमद्वारा एउटा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम सरकारका कृषि, बागवानी,पशुपालन तथा श्रम विभागका मन्त्री लोकनाथ शर्मा मुख्यअतिथि रहेका थिए भने साथमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरूङ, मुख्य मन्त्रीका अतिरिक्त राजनीति सचिव मधुसुदन शर्मा, गेजिङ नगर पञ्चायतका सदस्य जिल्ला ग्राम पञ्चायत एवं प्रेमवाद अनुयायीहरूको उपस्थिति रहेको थियो।

मुख्य अतिथिको बाहुलिवाट दीप प्रज्जवल पछि सम्पन्न कार्यक्रममा स्वगत सम्बोधन राख्दै पुजन राईले हेवेन्ली निर्भाना पाथले गरिरहेका कार्यक्रम वारे जानकारी गराए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले पूर्व सरकारमा गुरु हजुरलाई सिक्किम आउन प्रतिबन्ध गरिएको थियो भने वर्तमान सरकारले केन्द्रीय गृह मन्त्रालय सँग बातचित गरेर सिक्किम आउन खुल्ला गरेको कुरा सबैलाई विदितै भएको विषय हो भन्दै यो संस्थाले जुन प्रकारले काम गरिरहेको त्यो उदाहरणीय रहेको बताए। धर्म तथा आध्यात्मिक ज्ञानले समाजलाई सकारात्मक बनाउने काम गर्छ भन्दै त्यसकारण युवा समाजको सहभागीता हुन जरुरी रहेको पनि मन्त्री शर्माले थप बताए।

आजको कार्यक्रममा गीति एल्बमको बिमोचन पनि गरियो।

About Author

Advertisement