गान्तोक: देहरादुन र दिल्लीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बनेपछि आज राज्यका मुख्मयन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किएका छन्। राज्य फर्किने क्रममा आज उनलाई पश्चिम बंगालको बागडुग्रा हवाई अड्डामा स्वागत जनाइयो। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङले गत केही दिन अघि देहरादुनमा आयोजित १५औं स्वास्थ्य एवम परिवार कल्याण स्वास्थ्य चिन्तन शिविरमा सहभागिता जनाएका थिए। सोही प्रकारले हिजो दिल्लीमा आयोजित एनडीएको सभामा पनि उनले उपस्थिति दिएका थिए। हिजो नै मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री नितिन गढकरीसँग भेट गर्दै राष्ट्रीय राजमार्ग निर्माण गर्ने क्रममा उत्पन्न भएको समस्याबारे जानकारी गराउँदै सो समस्याबारे पहल गर्नुपर्ने अपील गरेका थिए। भ्रमणमा मन्त्री बीएस पन्त लगायत अन्यहरू पनि सामेल रहेका थिए। आज उनलाई सिलगढीस्थित बागडुग्रा हवाई अड्डामा सिलगढीमा रहेका प्रोटोकल युनिकका अधिकारीहरूले स्वागत जनाए।










