आज चुङथुङ चियाबारी अवैध जमीन कब्जा गर्ने कमानको गाछ उखेल्ने विरुद्ध तेस्रो परिभ्रमण

IMG-20250209-WA0277

कडा कार्वाही गर्ने सभासद सन्दीप क्षेत्रीको चेतावनी

दार्जिलिङ: लगभग १६ महिनादेखि बन्द रहेको चुङथुङ चिया बगानमा केही स्वार्थी तत्वहरूले बगानको जमीन अवैध रूपमा कब्जा गरेको विरुद्ध विगत केही दिनदेखि निरन्तर रुपमा कमान परिभ्रमण गर्ने कार्य गरिरहेको छ। यसै क्रममा आज तेस्रो परिभ्रमण कार्य गरियो। सभासद सन्दीप क्षेत्री एवम् चुङथुङ ग्राम पञ्चायत प्रधान अनिता तामाङको विशेष पहलमा भइरहेको कार्यक्रममा दार्जिलिङ पुलबजार खण्ड समितिका कर्माध्यक्ष अरुण क्षेत्री, वार्ड सदस्य, सुन्दर राई, विशाल दर्णाल, कृष्टि सुब्बा, सचिन राई, समिति सदस्य मण्डपरी थापा, श्रमीक संगठन नेतृत्व विनय सुब्बा, प्रलाद क्षेत्री, सविन विश्व, चुङथुङ चियाबारीका मुन्सी रबिन थापा, देनाथ राई, नरेन गुरुङ चुङथुङका सब स्टाफ बालकिसन तामाङ, प्रणय तामाङ, नबिन सुब्बा, दर्पण राई, निर्मल गुरुङ आदि उपस्थित थिए। आज जतिले पनि गाँछ उखेल्नेहरु विरुद्ध चुङथुङ बचाउ समितिको पक्षबाट कठोर कारवाही गरिने चेतावनी दिएका छन्।

About Author

Advertisement