आजादी का अमृत महोत्सवको अवसरमा विभागको उपलब्धिलाई जनमानससम्म पुऱ्याउने पीएचईको प्रयास

गान्तोक। आजादी का अमृत महोत्सवको अवसरमा विभागले गरेको उपलब्धिलाई जनमानसमा पुऱ्याउने राज्यको जनस्वास्थ्य अभियान्त्रिकी विभागले प्रयास गरेको छ। सोमवार विभागले गान्तोकमा पिउने पानी वितरण गरिने राज्यकै सबैभन्दा ठूल जल संयन्त्र सेलेप वाटर ट्रिटमेन्ट प्लाण्टमा एउटा कार्यक्रम आयोजन गरेर विद्यार्थीहरूलाई यसको कार्य क्षमता र ट्रिटमेण्ट प्लाण्टलाई सञ्चालन गर्ने विधिबारे जानकारी दिलाउने प्रयास गऱ्यो। ४० एमएलडी क्षमता भएको सेलेप वाटर ट्रिटमेन्ट प्लान्टले गान्तोक तथा यस वरपरका मानिसहरूको दैनिक आवश्यकता अनुरुप पानी वितरण गर्दै आएको छ। आज आयोजित कार्यक्रम अवधि गान्तोकको पाल्जर नामग्याल कन्या उच्चर माध्यामिक विद्यालय पीएनजीका विद्यार्थीले यो वाटर ट्रिटमेन्ट प्लान्टको सम्पूर्ण कार्य विधिबारे विभागीय पक्षबाट जानकारी हासिल गरे। विभागका मन्त्री भीमहाङ लिम्बूको उपस्थितिमा आयोजित कार्यक्रम अवधि जल वितरणलाई सुचारु रूपमा संचालन गर्न सेवारत विभागका तीनजना वरिष्ट कर्मचारीलाई अभिनन्दन जनायो। कार्यक्रम पछि पत्रकारहरूसित कुराकानी गर्दै विभागीय सचिव विन्देश्वरी प्रसादले सेलेप वाटर ट्रिटमेन्ट प्लान्टको माध्यमबाट गान्तोक वासीलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउन विभाग प्रतिवद्ध रहेको बताउँदै मानिसहरूलाई जल संरक्षणमा सहयोग दिन पनि आग्रह गरे।

About Author

Advertisement