आगोलागीमा १० घर जलेर खरानी, लाखौंको नोकसान

new_project_-_2023-04-15t094403.694-sixteen_nine.jpg

तिनसुकिया: तिनसुकिया जिल्लाको मार्घेरिटाको शेगुनबाड़ी भिनारमिल नजिक लागेको आगोमा हेर्दा हेर्दै १० घर पूर्ण रूपमा जलेर खरानी भए। पुलिस अनुसार, जाकिर हुसैन नाम गरेको व्यक्तिद्वारा अन्यलाई भाड़ामा दिएको घरमा आगो लागेको खबर पाउनसाथ अग्निशमनको टीम पुग्यो।

आगोमा एउटा सिलेन्डर विस्फोट भयो, जसले गर्दा आगोले अझ् भयानक रूप लियो। आगोमा लाखौं रूपियाँको सम्पत्ति नोकसान भएको छ। यद्यपि, आगो कसरी लाग्यो, यसको जानकारी पाइएको छैन। पुलिसले भाड़ाको घरमा बस्ने कुनै व्यक्तिको भान्साघरमा आगो लागेको हुनसक्ने आशंका व्यक्त गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ। दुर्घटनामा कोही हताहत भएको छैन।

About Author

Advertisement