आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात

250f0c39-a9da-4918-9549-9921426c6859

बिर्तामोड: काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत रहेका छन्। जिल्ला पुलिस परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान व्यस्त समयमा महिला ट्राफिक पुलिसले पैदलयात्रुलाई आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरेकी थिइन्। तर, कठायतले ट्राफिक पुलिसले तोकेको स्थानबाट बाटो नकाट्ने भन्दै गालीगलौज गर्नुका साथै महिला पुलिसमाथि हातपात गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पुलिसले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

About Author

Advertisement