आकाशवाणीद्वारा पद्यश्री एंव पर्यावरणविद् डा. जी. एस. योञ्जनलाई सम्मान

IMG-20260602-WA0083

यहाँको चियापत्ती विषयमा सिलिवेशमा समावेश गरेर पढाउन सकिए धेरै राम्रो हुनेछ: डा. जी. एस. योञ्जन

मिरिक: आकाशवाणी खरसाङको ६५औं स्थापना दिवसको अवसरमा आकाशवाणी खरसाङको तर्फबाट पद्यश्री पुरस्कारले सम्मानित एंव पर्यावरणविद् डा. गम्भीरसिंह योञ्जन (जी. एस. योञ्जन) लाई सम्मान जनाइएको छ। मिरिकको गोपाल योञ्जन अडिटोरियममा सम्पन्न आकाशवाणीको ९० वर्ष पुगेको र आकाशवाणी खरसाङको ६५औं स्थापना दिवस कार्यक्रममा नै उनलाई कार्यक्रमको विशिष्ट अतिथिद्वय कार्यालय प्रमुख एंव क्लष्टर हेड अनि आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बाको बाहुलीबाट खदार्पणसहित शिर शोभा, शल ओढाएर साथै सम्मान पत्रद्वारा सम्मान जनाइएको छ। यस कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए‌। उनलाई सम्मान जनाइएको सम्मान पत्र आकाशवाणी खरसाङकी उदघोषिका रश्मी खवासले पठन गरेकी थिइन्। कार्यक्रमलाई वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए। यस अवसरमा आफ्नो सम्भाषण राख्दै पद्यश्री एंव पर्यावरणविद् गम्भीरसिंह योञ्जन (जी. एस. योञ्जन) ले आकाशवाणी खरसाङले विगत ६५ वर्षदेखि पहाडका नेपाली भाषीहरुका लागि साहित्य, संगीत, कलामा धेरै कार्य गर्दै आईरहेको बताएका छन्। उनले आकाशवाणीले पहाडको साहित्य, संगीत र कलामा धेरै सहयोग गरेको बताउँदै आकाशवाणी खरसाङले पहाडको कला, साहित्य, शिक्षा र अन्य धेरैलाई देशभरि चिनाउन सकेको बताएका छन्‌। उनले आफ्नो सम्बोधनमा पद्यश्री पुरस्कार र आफुले गरेका विभिन्न कार्यहरु विषयमा पनि संक्षिप्तमा बताएका थिए। पद्यश्री एंव पर्यावरणविद् डा गम्भीरसिंह योञ्जन (जी. एस. योञ्जन) ले आफ्नो सम्बोधनमा आफुले दार्जिलिङ पहाडमा विश्वविद्यालय स्थापनाको लागि २००२ देखि कार्य गर्दै आएको बताउँदै यहाँको चियाबारी र चियापत्ती विषयमा सिलिवेशमा समावेश गरेर पढाउन सकिए धेरै राम्रो हुनेछ भनी बताएका छन्। उनले यहाँको चिया उद्योग विषयमा शिक्षा दिन आवश्यक छ भन्दै पहाडमा भएको चियापत्ती विषयमा विश्वविद्यालयको सिलिवेशमा समावेश गरेर पढाउनु पर्ने कुरामा जोड दिएका छन्।

उनले भने, यहाँको विभिन्न समस्याहरु, यहाँको आवश्यकता, यहाँको पर्यावरण र यहाँको आफ्नै विभिन्न कुराहरु पढाउन सकिए राम्रो हुनेछ। सरकारले शिक्षा नीति २०२० ल्याएर राम्रो काम गरेको छ। तर पनि हरेक राज्य र हरेक केन्द्र शासित प्रदेशहरुको आफ्नै शिक्षा व्यवस्था हुन आवश्यक छ र त्यही अनुसार शिक्षा प्रदान गर्न सकिए धेरै राम्रो हुनेछ। हाम्रो ‘इन्भेष्टमेन्ट विदाउट रिटर्स’ जस्तो शिक्षा व्यवस्था हुनु हुँदैन।’

About Author

Advertisement