आईपीएल ट्रेडमा राजस्थानमा सामेल भए शमी, करन एलएसजी-मा

IMG-20261117-WA0071

नयाँ दिल्ली: राजस्थान रोयल्स र लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-बीच आईपीएल २०२७ अघि ठूलो ट्रेड भएको छ। तीनजना खेलाड़ीहरूका लेनदेनबीच भारतीय पेस बलर मोहम्मद शमी र स्पिनर एम सिद्धार्थ राजस्थान रोयल्सको हिस्सा बनेका छन् जबकि ईंग्ल्याण्डका अलराउण्डर सेम करन एलएसजी-मा सामेल भएका छन्। एलएसजी-ले शमीलाई १० करोड़ रुपियाँमा आफ्नो टोलीमा सामेल गरेको थियो तर अब ट्रेडअन्तर्गत उनी ८ करोड़ रुपियाँको नयाँ मूल्यमा राजस्थान रोयल्समा सामेल हुनेछन्। आईपीएलमा ३६ वर्षीय शमीले १३२ वटा म्याचमा १४५ विकेट लिएका छन्। शमीले आईपीएल २०२६-मा लखनऊ फ्रेञ्चाइजीको निम्ति १३ वटा म्याच खेलेर १२ विकेट लिएका छन्। शमीको आगमनपछि राजस्थान रोयल्सको पेस बलिंग आक्रमण अझ मजबूूत हुनेछ, जसमा अगावै जोफ्रा आर्चर जस्ता दिग्गज रहेका छन्। शमी बाहेक राजस्थान रोयल्सले एलएसजी-सँग देब्रे हातका स्पिनर सिद्धार्थलाई पनि ट्रेड गरेको छ। सिद्धार्थ ७५ लाख रुपियाँको आफ्नो वर्तमान मूल्यमा राजस्थानमा सामेल हुनेछन्। यसरी ईंग्ल्याण्डका अलराउण्डर सेम करन राजस्थानबाट एलएसजी-मा सामेल भएका छन्। उनी २.४ करोड़ रुपियाँको आफ्नो वर्तमान मूल्यमै एलएसजी-बाट खेल्नेछन्। करनले आईपीएल करियरमा अहिलेसम्म ९९७ रन बनाउनको साथै ५९ विकेट पनि लिएका छन्। यसबीच सनराइजर्स हैदराबादले स्टार ओपनिंग ब्याटर ट्रेविस हेडलाई रिलीज गरेर सबैलाई चकित बनाएको छ। हेड १४ करोड़ रुपियाँमा सनराइजर्समा सामेल भएका थिए। फ्रेञ्चाइजीले उनको साथमा गेराल्ड कोएत्जी (२ करोड़) र जयदेव उनादकट (१ करोड़ रुपियाँ)-लाई पनि रिलीज गरेको छ। यसरी आरसीबीले मंगेश यादव (५.२ करोड़), जेकब बेथल (२.६ करोड़), रिचर्ड ग्लीसन (१.६ करोड़ रुपियाँ)-लाई रिलीज गरेको छ। पाँचपल्टको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-ले मथीशा पथिराना (१८ करोड़), मुस्तफिजुर रहमान (९.२ करोड़), रचिन रवीन्द्र (२ करोड़) र अजिंक्य रहाणे (१.५ करोड़ रुपियाँ)-लाई रिलीज गरेको छ। दिल्ली क्यापिटल्सले रिलीज गरेको खेलाड़ीहरूमा मिचेल स्टार्क (११.७५ करोड़)-को साथमा नीतीश राणा (४.२ करोड़), पाथुम निसांका (४ करोड़), अभिषेक पोरेल (४ करोड़), दुश्मन्त चमीरा (७५ लाख) र करुण नायर (५० लाख रुपियाँ) सामेल छन्। राजस्थान रोयल्सले शिमरोन हेटमायर (११ करोड़), तुषार देशपाण्डे (६.५ करोड़), एडम मिल्ने (२.४ करोड़) र क्वेना मफाका (१.५ करोड़ रुपियाँ)-लाई रिलीज गरेको छ। एलएसजी-ले टोलीबाट रिलीज गरेका खेलाड़ीहरूमा आवेश खान (९.७५ करोड़), एनरिच नोर्खिया (२ करोड़) र वानिन्दु हसरंगा (२ करोड़ रुपियाँ) सामेल छन्। रिषभ पन्त ट्रेडको माध्यमले दिल्लीमा सामेल भएका छन्। गुजरात टाइटन्सले शाहरुख खान (४ करोड़), ईशान्त शर्मा (७५ लाख), ल्यूक वुड (७५ लाख) और कुलवन्त खेजरोलिया (३० लाख रुपियाँ)-लाई रिलीज गरेको छ।

About Author

Advertisement