आईपीएलमा क्रिस गेलको रेकर्ड तोड़न सफल भए वैभव सूर्यवंशी

IMG-20260527-WA0080

मुल्लांपुर: पीसीए न्यू क्रिकेट स्टेडियममा छक्का र चौकाको वर्षा गर्दै राजस्थान रोयल्सका किशोर ओपनिंग ब्याटर वैभव सूर्यवंशीले इतिहास रचे। सूर्यवंशी आईपीएलको एउटा सीजनमा सर्वाधिक छक्का लगाउने ब्याटर बनेका छन्। बिहारका १५ वर्षीय ब्याटरले राजस्थान रोयल्सबाट खेल्दै सनराइजर्स हैदराबाद‌विरुद्ध एलिमिनेटर म्याचमा यस उपलब्धिलाई हासिल गरे। गेलले आईपीएल २०१२-मा ५९ वटा छक्का लगाएका थिए। सूर्यवंशीले आज आफ्नो विध्वंशी ईनिंग्समा जम्मा १२ वटा छक्का लगाए। यसरी उनले ६५ वटा छक्काको साथ गेलको रेकर्ड तोड़े। राजस्थान रोयल्सले अझ २ वटा म्याच खेल्ने सम्भावना भएको हुनाले सूर्यवंशीले आफ्नो रेकर्डमा अझ सुधार गर्नेछन्। यस सूचीमा ५२ वटा छक्काको साथ आन्द्रे रसेल तेस्रो स्थानमा छन्। उनले २०१९ मा यस उपलब्धिलाई हासिल गरेका थिए। छक्काको मामिलामा रेकर्ड बनाए पनि सूर्यवंशी रेकर्ड शतक बनाउनदेखि चाहिँ चुके। उनले सनराइजर्सका बलरहरूलाई भरपूर शास्ती दिँदै २९ बलमा ९७ रन बनाएर आउट भए। यसरी उनी आईपीएल इतिहासमा सबैभन्दा तेज शतक बनाउने रेकर्ड तोड़नदेखि चुके। क्रिस गेलले २०१३-मा पुणे वरियर्सविरुद्ध ३० बलमा शतक बनाएका थिए अनि सूर्यवंशीसँग त्यस रेकर्डलाई तोड्ने मौका थियो तर उनी ईनिंग्सको आठौं ओभरको अन्तिम बलमा आउट भए। सूर्यवंशीको विध्वंशी ब्याटिंगले गर्दा नै एलिमिनेटर म्याचमा राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल स्कोर बनायो।

About Author

Advertisement