आईजीजेएफको प्रतिनिधि टोलीले निर्वाचन आयोगलाई चढाए ज्ञापन

IMG-20260309-WA0087

विधानसभा चुनाव अघि नै खाँटी रैथाने नागरिकहरूको नाम मतदाता सूचीमा पुनः समावेश गरियोस: आईजीजेएफ

दार्जिलिङ: पश्चिम बंगालमा विधानसभा चुनाव अघि नै खाँटी रैथाने नागरिकहरूको नाम मतदाताको सूचीमा समावेश गरियोस भन्ने मांग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रतिनिधि टोलीले आज कोलकातास्थित राज्य निर्वाचन आयोग कार्यालयमा ज्ञापन पत्र चढाएका छन्। हिजो आइताबार इण्डियन गोर्खा जनशक्ति फ्रण्टको चार प्रतिनिधि टोली कोलकता प्रस्थान भएका थिए।उक्त टोलीमा आईजीजेएफको श्रमिक संघ हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, पार्टी कार्यालय सचिव भीम सुनाम, तराई डुवर्सको पार्टी कोअर्डिनेटर आयुष अधिकारी र डुवर्सबाट रंजीत लकडा सामेल रहेका थिए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको चार प्रतिनिधि टोलीले आज दिउँसो कोलकताको राज्य निर्वाचन आयोग कार्यलयमा पश्चिम बंगाल विधानसभा चुनाव अघि नै यहाँ खाँटी रैथाने नागरिकहरूको पुनः मतदाता सूचीमा समावेश गरिनुपर्छ भन्ने माग गर्दै ज्ञापन पत्र सुम्पिएको छ। गत केही महिना अघिदेखि पश्चिम बंगालमा एसआईआर लागु भएको छ। निर्वाचन आयोगले गत २८ फरवरी २०२६ को दिन मतदाता सूची जारी गरेका छन्। २०२४ को मतदाता सूचीको आधारमा दार्जीलिङ जिल्लाबाट १ लाख ४४ हजार ६ सय ४८ मतदाताहरूको नाम हटाउने,आशंकाको सूचीमा समावेश गर्ने जस्ता कार्य गरिएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले स्थानीय रैथाने खाँटी नागरिकहरूको नाम पश्चिम बंगाल विधानसभा चुनाव अघिनै मतदाता सूचीमा समावेश गरिनु पर्छ भन्दै आइहेको छ अनि त्यही माग राज्य निर्वाचन आयोगको कार्यलय समक्ष राखेको छ।जसको नाम मतदाताको सूचीबाट हटाएको छ तर उनीहरू यहाँकै खाँटी रैथाने नागरिकहरू हुन उनीहरूको नाम मतदाता सूचीमा अविलम्ब समावेश गरिनु पर्छ। एसआईआरको क्रममा जति पनि मतदाताहरूको नामलाई आशंकाको सूचीमा राखिएको छ उनीहरूको नाम मतदाता सूची समावेश गरिनु पर्छ। अभिभावकहरूको दस्तावेजसंग जोडिएका तथा परिवारसंग जोडिएका मतदाताहरूको नाम अविलम्ब नगरी मतदाता सूचीमा समावेश गर्न पर्छ। कागज पत्र पूरा नभएका मतदाताहरूलाई आफ्नो कागज पत्र जम्मा गर्न निर्वाचन आयोगले थप समय दिनु पर्छ। जनतामा भएको अन्योलतालाई हटाउन जिल्ला निर्वाचन अधिकारी पादर्शिता राखेर कार्य गरियोस् भन्ने मागहरू इण्डियन गोर्खा जनशक्ति फ्रण्टले राज्यको निर्वाचन आयोग कार्यलयमा चढाएको ज्ञापन पत्रमा उलेख गरेका छन्।

About Author

Advertisement