आइसीएआरको कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको वैज्ञानिकको भनाइ

IMG-20230717-WA0468.jpg

गान्तोक: नामथाङ कृषि विज्ञान केन्द्रले आईसीएआरको ९५औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। प्रत्येक वर्ष १६ जुलाईको दिन आईसीएआरको स्थापना दिवस पालन गरिन्छ भने सोही प्रकारले हिजो आइसीएआरको ९५औं स्थापना दिवस भव्यरूपमा पालन गरेको जानकारी गराइएको छ। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाम्ची जिल्लाका जिल्ला अध्यक्ष विकास तामाङ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ वैज्ञानिक आईपी शिवकोटीले यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्यबारे प्रकाश पार्दै शिवाकोटीले दिगो र सुधारिएको कृषि प्रविधिका लागि विभिन्न क्षेत्रमा किसान समुदायलाई सहयोग गर्न आईसीएआरले निर्वाह गरेको भूमिका र पहलबारे विस्तृतरूपमा जानकारी गराए। ‘प्रविधि दिवस’ को अवसरमा प्राविधिक सत्रमा पावरपोइन्ट प्रेजेन्टेन्सनको माध्यमद्वारा राज्यका मानिसहरूमा सचेतना फैल्याएको पनि अवगत गराए।
सोही क्रममा डा. प्रवेश शिवाकोटीले विषयवस्तु विशेषज्ञ (बिरुवा संरक्षणले आधुनिक दिनको खेतीमा स्मार्ट कृषिको महत्व र कृषिमा यान्त्रिकीकरणको लागि मानवरहित हवाई वाहन कृषि ड्रोनको प्रयोगमा ध्यान केन्द्रित गरेको अवगत गराए। विषयवस्तु विशेषज्ञ (वागवाणी) याङ्चेन्ला भोटियाले ठाडो खेतीको प्रविधि र विभिन्न क्षेत्रमा यसको प्रयोग प्रस्तुत गरे।‘अन्तर्राष्ट्रिय बाजरा वर्ष-२०२३’ मा केन्द्रित विषयवस्तु विशेषज्ञ (कृषि विज्ञान) अम्बिका शर्माले मानव आहारमा कोदोको महत्व र कोदो खेतीमा क्षेत्र बढाउन आवश्यक पर्ने विषयमा विस्तृत प्रस्तुती दिइन्। उनले कोदो प्रवद्र्धनका लागि केन्द्र सरकारले गरेको विभिन्न पहलहरूमाथि प्रकाश पारिन्।

About Author

Advertisement