आँगनमा प्रशासन अन्तर्गत ६४ जनाले बनाए आधार कार्ड

IMG-20230714-WA0339.jpg

गान्तोक: राज्य सरकारद्वारा शुरू गरिएको आँगनमा प्रशासन अन्तरग्त सोरेङ जिल्लाको चुम्बुङ ग्राम पञ्चायत यूनिटमा आधार कार्ड बनाउने शिविर सम्पन्न भयो। उक्त शिविर विशेष गरेर वृद्ध र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति आयोजना गरिएको थियो। अहिलेसम्म पनि धेरै जनालेवृद्ध साथै विभिन्नरूपमा सक्षम व्यक्तिहरूले आधार कार्डन नबनाएपछि प्रशासनले नजिकमा नै आधार कार्ड शिविर आयोजना गरेर उनीहरूलाई लाभ पुऱ्याउने प्रयास गरेको छ। यस अवसरमा केवल शारिरिकरूमा असक्षम, गर्भवती महिलाको निम्ति आयोजना गरिएको हो। सोरेङ जिल्ला प्रशासन, रोङ सेजाम र समाज सेवा समिति टर्किगाउँ चुम्बुङको संयुक्त पहलमा आयोजना गरिएको हो। उक्त शिविरमा कूल ६४ जनाले आधार कार्डको निम्ति फोटो खिचाए।

About Author

Advertisement