गुवाहाटी: असमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम महिला रुपामणी गढलाई असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। लोकसेवा भवनमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री सरमाले असमका लागि यो अनन्य गौरवको क्षण भएको बताउनुभयो।
असमको ‘नारी शक्ति’ लाई विश्वको उच्च शिखरसम्म पुर्याएर राज्यको शिर उच्च बनाएको भन्दै मुख्यमन्त्री सरमाले उहाँको योगदानको उच्च प्रशंसा गर्नुभयो। आगामी दिनहरूमा पनि देश र राज्यका लागि अझ धेरै गौरव र सफलता हासिल गर्न सकून् भन्दै उहाँले रुपामणी गढलाई निरन्तर सहयोग र शुभकामना रहने प्रतिबद्धता जनाउनुभयो।









